बिहीबार, वैशाख १७, २०८३

अस्ताए सुस्ता बचाउ अभियानका संयोजक गुरुङ

नेपाली भूमि ‘सुस्ता बचाउ अभियान’ का संयोजक गोपाल गुरुङको निधन भएको छ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

National life

बुटवल- नेपाली भूमि ‘सुस्ता बचाउ अभियान’ का संयोजक गोपाल गुरुङको निधन भएको छ। भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका गुरुङको मंगलबार बेलुका निधन भएको हो।  

६२ वर्षीय गुरुङको उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मष्तिष्कघात भएपछि पुस ८ गतेदेखि गुरुङको मेडिकल कलेजमा उपचार भइरहेको थियो। 

अवस्था नाजुक भएपछि केही दिनदेखि भेन्टिले‍‍टरमा राखेर उपचार भइरहेकोमा बेलुका निधन भएको हो। गुरुङको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलनका लागि अभियान सुरु गरिएको थियो।

प्रकाशित: Jan 25, 2023| 08:59 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।