सोमबार, कात्तिक १७, २०८२

आरआरआरको नाटुनाटु ओस्कारमा मनोनित

९५औं ओस्कार अवार्डको मनोनयनमा बाहुबली निर्देशक एसएस राजामौलीको ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत मनोनित भएको छ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- ९५औं ओस्कार अवार्डको मनोनयनमा बाहुबली निर्देशक एसएस राजामौलीको ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत मनोनित भएको छ।

Kumaribank

दक्षिण भारतीय फिल्म आरआरआरको गीत ‘ओरिजिनल गीत’को श्रेणीमा मनोनित भएको ओस्करको आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ।

‘नाटु नाटु’ बोलको तेलुगु गीतमा एम एम कीराभानीको संगीत, चन्द्रबोसको शब्द र राहुल सिप्लीजंग र कला भैरभाको स्वर छ। साथै फिल्म ‘एभिथ्रिङ एभ्रिवेर अल एट वन्स’ सर्वाधिक ११ विधामा मनोनित भएको छ।

‘एभिथ्रिङ एभ्रिवेयर’लाई पछ्याउँदै ‘अल क्वाइट अन द बेस्ट फ्रन्ट’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ नौ विधामा मनोनित छन्। ‘एल्विस’ आठ, ‘द फेबेलम्यान’ सात, ‘टार’ र ‘टपगन माभेरिक’ ६, ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ पाँच विधामा मनोनित छन्।

प्रकाशित: Jan 25, 2023| 08:16 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्