बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फास्ट ट्र्याकको अनुगमन गर्न रक्षामन्त्री उप्रेतीसहितको टोली बारा आउँदै

फास्ट ट्र्याकको अनुगमन गर्न रक्षामन्त्री उप्रेतीसहितको टोली बारा आउँदै

बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको विशेष अनुरोधमा रक्षामन्त्री उप्रेतीसहितको टोलीले बुधबार द्रूतमार्गको स्थलगत अनुगमन गर्ने तय गरेको हो।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

बारा- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार काठमाडौं-निजगढ द्रूतमार्गको स्थलगत अनुगमन गर्ने भएका छन्। बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको विशेष अनुरोधमा रक्षामन्त्री उप्रेतीसहितको टोलीले बुधबार द्रूतमार्गको स्थलगत अनुगमन गर्ने तय गरेको हो।

National life

रक्षामन्त्री उप्रेतीसहितको टोलिमा नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा, फास्ट ट्र्याक आयोजना टोली लगायत मन्त्रालयका विशिष्ट कर्मचारीले फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्ने कार्यक्रम भएका छन्। टोलीले फास्ट ट्र्याकको स्थलगत अनुमगन गरेर कार्यप्रगतिबारे जानकारी लिने बताइएको छ। 

बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन नसकेको हुँदा निर्धारित समयमा तराईलाई राजधानी काठमाडौंसँग जोड्ने ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माण छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने उदेश्यले स्थलगत अनुमगन गर्न वातावरण मिलाएको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीका स्वकीय सचिव दमोदर मैनलीले बताए। 

सेनाका अधिकारीहरुले विक्रम संवत् २०८१ मंसिर सम्ममा निर्माण सम्पन्न गर्ने बताएको भएतापनि २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन।

प्रकाशित: Jan 24, 2023| 19:30 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।