सोमबार, मंसिर २२, २०८२

भूकम्प अपडेट: एकजनाको मृत्यु, सात घर भत्किए

घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका-२ स्थित जुरेलीको जंगलमा उनको मृत्यु भएको हो। 

National life

घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जमुना रोकाया छिन्। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ। विस्तृत विवरण संकलनको काम जारी रहेको प्रहरीले बताएको छ।

बझाङ सदरमुकाम चैनपुरमा भूकम्पले चर्किएको चारतले घरमाथि बनाइएको मन्दिर र अन्य केही भवनमा क्षति पुगेको छ भने कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। 

Laxmi sunrise bank
kumari

भूकम्पको धक्कापछि सञ्चार सम्पर्क बिच्छेद हुँदा विवरण संकलन गर्न असहज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  भूकम्पको धक्का नेपालको साथै भारतका सीमावर्ती क्षेत्रमा पनि महसुस गरिएको थियो।

प्रकाशित: Jan 24, 2023| 17:31 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।