बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुदानसँगै अनुगमन पनि ध्यान दिँदै म्याग्दे गाउँपालिका

अनुदानसँगै अनुगमन पनि ध्यान दिँदै म्याग्दे गाउँपालिका

व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

तनहुँ- म्याग्दे गाउँपालिका कार्यालयले एक सय २२  व्यावसायिक फार्ममा  अनुगमन गरेको छ। व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो।

National life

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, अनुगमन समितिका संयोजक बालकृष्ण घिमिरे, सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दर्ता भइ सञ्चालन गरेका फार्र्म अनुगमन गर्नुभएको हो। कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरेसँगै अनुदानका लागि पालिकाभित्रका व्यावसायिक फार्मसँग निवेदन माग गरिएको गाउँपालिकाले जनाएको छ।

फार्म अनुगमनका क्रममा नवदुर्गा कृषि फार्मका सञ्चालक युवराज शाहीले व्यवासायका लागि  बैङ्कबाट ऋण लिएर ठूलो लगानी गरे पनि बजारको उचित व्यवस्था नहुँदा उत्पादित दूधले बजार नपाएको गुनासो गरे। वास्तविक किसान मर्कामा परे पनि  अनुदान तथा राहत भने नक्कली कृषकले पाएकाले  सक्कली कृषक पहिचान गरी अनुदान दिन उनको भनाइ छ।

गाउँपालिकाले अनुदानका लागि चालु आर्थिक वर्षमा बोका वितरण गर्नाका साथै माछाको भुरा खरिद, गोठ–खोर निर्माणका लागि रु चार लाख, रु तीन लाख ५० हजार, औजार च्याप कटरमा रु एक लाख र लोकल कुखुराका लागि  रु एक लाख विनियोजन गरेको संयोजक घिमिरेले जानकारी दिए।

बजेट वितरणका लागि आवश्यकतामा आधारित भएर कृषकलाई अनुदान वितरण गर्न लागेको हाैँ। उनले भने, 'पालिका मातहत रहेका सातवटै वडामा गएर व्यावसायिक फार्म अनुगमन तथा निरीक्षण थालिएको छ।'

अनुदानका क्रममा पालिकाले कुखुरा तथा पशुपक्षीपालन, माछापालन, बङ्गुरपालन, भैँसीपालन, मौरीपालन, कुखुरापालन, गाई फार्मलगायत व्यावसायिक फार्म निरीक्षण  गरिएको संयोजक घिमिरेले बताए।

वास्तविक कृषक पहिचानका लागि कृषकका फार्ममा अनुगमन तथा निरीक्षणमा पुग्ने गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ जानकारी दिए। 'अनुदान पाउन धेरै कृषकको आवेदन परेकाले  वास्तविक कृषक पहिचान गर्न सहज हुने हुँदा  हामीले फार्म निरीक्षण गरेको हौँ,' उनले भने, 'अब गाउँपालिकाले अनुदानको प्रक्रिया छिट्टै अघि बढाउँछ।'

कृषकको मागका आधारमा होइन, आवश्यकताका आधारमा हामीले अनुदान दिनेछौँ, जसले गर्दा वास्तविक किसानलाई अनुदानले व्यवसाय विस्तार र उत्पादनमा राहत मिल्ने विश्वास लिइएको अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: Jan 24, 2023| 23:00 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।