शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा १४ वर्षीया अविवाहित किशोरीले जन्माइन् शिशु

कञ्चनपुरमा १४ वर्षीया अविवाहित किशोरीले जन्माइन् शिशु

कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्ताकी १४ वर्षीया बालिकाले छोरालाई जन्म दिएकी हुन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

कञ्चनपुर- कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्ताकी १४ वर्षीया बालिकाले छोरालाई जन्म दिएकी हुन्। 

National life

उनले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएको प्रहरीले जनाएको छ।

बालिकाले जन्म दिएको शिशु कसको हो भन्ने खुलेको छैन। यस विषयमा भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए। 

प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु पर्छन्। गत बैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्दार गरिएको प्रहरीको भनाइ छ। अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ। प्रहरीले घटनाका विषयमा अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Jan 24, 2023| 13:56 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।