बिहीबार, वैशाख १७, २०८३

वर्षाले कैलालीका किसानमा हर्ष

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु भएको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

सुर्खेत- सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। कर्णाली प्रदेशका हिमाली जिल्लाहरू डोल्पा, जुम्ला, हुम्ला र मुगुका हिमाली तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न शुरू भएको हो।

National life

सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडि क्षेत्रमा पनि हिउँ परेको छ। डडेलधुरा, दार्चुला, बझाङलगायत जिल्लामा हिउँ परेको हो।

कैलालीमा पनि वर्षा भइरहेको छ। राति १२ बजेदेखि वर्षा सुरु भएको धनगढी उपमहानगरपालिका-५ की विपना पाण्डेयले बताइन्।

लामो समयदेखि हिउँदे झरी नपर्दा निराश बनेका किसान पानी परेसँगै खुसी भएको हुम्लाको उनको भनाइ छ। 'कैलाली खेतिका लागि उर्भर भूमि हो। लामो समयदेखि पानी नपर्दा गहुँ बालीमा समस्या भएको थियो। पानी परेसँगै किसानलाई राहत पुग्ने भएको छ,' उनले भनिन्।

प्रकाशित: Jan 24, 2023| 13:10 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।