बिहीबार, वैशाख १७, २०८३

सुदूरपश्चिम र कर्णालीका हिमाली भेगमा हिमपात जारी

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि नै हल्का वर्षा र हिमपात भइरहेको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि नै हल्का वर्षा र हिमपात भइरहेको छ। 

National life

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार यी प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान छ।

यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ। वर्षा भएका ठाउँमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिए।

गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि गण्डकीमा पानी पर्ने अनुमान भने गरिएको छैन।

बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्को अनुमान छ।



प्रकाशित: Jan 24, 2023| 08:14 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।