मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ : आयोगको परामर्श विपरीत पदपूर्ति गर्ने ११ पालिकाको निर्णय बदर

प्रदेश १ : आयोगको परामर्श विपरीत पदपूर्ति गर्ने ११ पालिकाको निर्णय बदर

स्थानीय तहहरुले आयोगको परार्मश विना विज्ञापन–सूचना प्रकाशन गरी गरेको पदपूर्ति तथा तह वृद्धि सम्बन्धी सम्पुर्ण कार्य प्रचलित कानूनको मर्म र भावना विपरित भएको ठहर गरी सो सँग सम्बन्धित निर्णहरु बदर गरिएको आयोगले जनाएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

विराटनगर- प्रदेश १ लोक सेवा आयोगले आफ्नो परामर्श विपरीत कर्मचारी पदपूर्ति गर्ने ११ वटा स्थानीय तहको निर्णय बदर गरेको जनाएको छ।

National life

स्थानीय तहहरुले आयोगको परार्मश विना विज्ञापन–सूचना प्रकाशन गरी गरेको पदपूर्ति तथा तह वृद्धि सम्बन्धी सम्पुर्ण कार्य प्रचलित कानूनको मर्म र भावना विपरित भएको ठहर गरी सो सँग सम्बन्धित निर्णहरु बदर गरिएको आयोगले जनाएको छ।

सोमबार विराटनगरमा तेश्रो बार्षिकोत्सवका अवसरमा सो जानकारी दिईएको हो। आयोगका सचिव बाबुराम खतिवडाका अनुसार धनकुटा नगरपालिका,  शिवसताक्षी नगरपालिका, दमक नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, ईनरुवा नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, हल्दीबारी गाउँपालिका, मिक्वाखोला गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, हरिनगर गाउँपालिकाको निर्णय बदर गरिएको हो। आयोगका अनुसार अन्य केही स्थानीय तहहरुबाट भएको पदपूर्ति सम्बन्धी निर्णय कारवाहीको प्रक्रियामा रहेको छ। 

प्रदेश लोक सेवा आयोगले २ आर्थिक वर्ष ०७८–०७९ र ०७९–०८० मा १ हजार ९२२ पदको माग संख्यामा १ लाख ९६ हजार २५५ जनाको आवेदन परेको जनाएको छ। आयोगले माघ २ गते सम्ममा विभिन्न सेवा समूहका ३७० जनालाई स्थायी नियुक्तीका लागि सिफारिस गरेको आयोगका सचिव खतिवडाले बताए। 

प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा अन्तरगत प्रशासन सेवा, इन्जिनियरिङ्ग सेवा, कृषि सेवा, वन सेवा, विविध सेवा र  शिक्षा सेवाका सहायकस्तर चौथो तह, पाचौँ तह र अधिकृतस्तर छैटौं  तह र सातौं तहका विभिन्न पदहरुको २९ वटा पाठ्यक्रम स्वीकृत गरिएको र स्थानीय सरकारी सेवा अन्तरगत प्रशासन सेवा, कृषि सेवा, न्याय सेवा, विविध सेवा, शिक्षा सेवा र इन्जिनियरिङ्ग सेवा अन्तरगत सहायकस्तर चौथो तह, पाचौं  तह र छैटौं तहका विभिन्न पदहरुको ३२ वटा र स्वास्थ्य सेवाका विभिन्न समूहका सहायक चौथो र पाँचौ तहका ज्ञघ वटा पदको पाठ्यक्रम लोक सेवा आयोगबाट स्वीकृत पाठ्यक्रमलाई नै स्वीकृत गरी विज्ञापन प्रकाशन गरिएको जनाईएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 23, 2023| 21:16 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।