शुक्रबार, मंसिर २२, २०८०

एकैपल्ट पाँच सय विमान किन्दै एअर इन्डिया

टाटा ग्रुपले सरकारसँग एअर इन्डिया खरिद गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा व्यापक सेवा विस्तारको तयारी गरेको छ।
 |  सोमबार, माघ ९, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- टाटा ग्रुपले सरकारसँग एअर इन्डिया खरिद गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा व्यापक सेवा विस्तारको तयारी गरेको छ। कम्पनीले छोटो, मध्यम तथा लामो दूरीको उडानका लागि करिब ५ सयवटा विमान खरिद गर्न लागेको समाचार एजेन्सी रोयटर्सले लेखेको छ। 

sagarmatha cement

कम्पनीको यो तयारी सफल भएमा अहिलेसम्मकै ठूलो विमान खरिद डिल हुनेछ। यसअघि अमेरिकन एयरलाइन्सले एकैपटक ४६० वटा विमान खरिद गरेको थियो। त्यसैगरी भारतकै इन्डिगो कम्पनीले ३०० वटा विमान अर्डर गरेको थियो।

रोयटर्सका अनुसार करिब ४ सय न्यारोबडी जहाज हुनेछन् भने बाँकी सयवटा एयरबस ए३२० नियोस, ए२१ नियोस र बोइङ ७३७ विमान हुनेछन्। यी सबै ठूला विमान हुन्। 

टाटा ग्रुपले एअर इन्डियासँगै भिस्तारा, एअर इन्डिया एक्सप्रेस र एयर एसिया पनि सञ्चालन गरिरहेको छ।

प्रकाशित: Jan 23, 2023| 20:46 सोमबार, माघ ९, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्