सोमबार, वैशाख ७, २०८३

एकैपल्ट पाँच सय विमान किन्दै एअर इन्डिया

टाटा ग्रुपले सरकारसँग एअर इन्डिया खरिद गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा व्यापक सेवा विस्तारको तयारी गरेको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- टाटा ग्रुपले सरकारसँग एअर इन्डिया खरिद गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा व्यापक सेवा विस्तारको तयारी गरेको छ। कम्पनीले छोटो, मध्यम तथा लामो दूरीको उडानका लागि करिब ५ सयवटा विमान खरिद गर्न लागेको समाचार एजेन्सी रोयटर्सले लेखेको छ। 

National life

कम्पनीको यो तयारी सफल भएमा अहिलेसम्मकै ठूलो विमान खरिद डिल हुनेछ। यसअघि अमेरिकन एयरलाइन्सले एकैपटक ४६० वटा विमान खरिद गरेको थियो। त्यसैगरी भारतकै इन्डिगो कम्पनीले ३०० वटा विमान अर्डर गरेको थियो।

रोयटर्सका अनुसार करिब ४ सय न्यारोबडी जहाज हुनेछन् भने बाँकी सयवटा एयरबस ए३२० नियोस, ए२१ नियोस र बोइङ ७३७ विमान हुनेछन्। यी सबै ठूला विमान हुन्। 

टाटा ग्रुपले एअर इन्डियासँगै भिस्तारा, एअर इन्डिया एक्सप्रेस र एयर एसिया पनि सञ्चालन गरिरहेको छ।

प्रकाशित: Jan 23, 2023| 20:46 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।