आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • खेलकुद बोर्डका पदाधिकारी परिवर्तन राजनीतिक सहमतिमा: मन्त्री राजभण्डारी

खेलकुद बोर्डका पदाधिकारी परिवर्तन राजनीतिक सहमतिमा: मन्त्री राजभण्डारी

बोर्डका पदाधिकारी परिवर्तनको निर्णय भए पदाधिकारीले स्वाभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘अदालत धाउने, रातोपिरो हुने काम नै छैन।’
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९
Kumaribank
Metro Mart

विराटनगर– प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी राजनीतिक सहमतिका आधारमा परिवर्तन हुने बताएका छन्। गठबन्धनको सरकार भएकाले सत्तारुढ दलहरुबीचको सहमतिका आधारमा बोर्डका पदाधिकारीबारे निर्णय हुने बताएका हुन्।

सोमबार सामाजिक विकास मन्त्रालयको पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा मन्त्री राजभण्डारीले खेलकुद बोर्डबारे सत्तारुढ दलहरुबीच छलफल हुने उनले बताए। बोर्डका पदाधिकारी परिवर्तनको निर्णय भए पदाधिकारीले स्वाभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘अदालत धाउने, रातोपिरो हुने काम नै छैन।’ 

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नेपाली कांग्रेस निकट जिना कार्की, सदस्य सचिवमा एकिकृत समाजवादी निकट हंसराज वाग्ले लगायतका पदाधिकारी छन्। यसअघि भीम आचार्य नेतृत्वको सरकारको समयमा ०७८ असोज २४ गते नियुक्त भएका एमाले निकट सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्दै राजेन्द्र राई नेतृत्वको सरकारले ०७८ चैत २२ गते उपाध्यक्षमा कार्की, सदस्य सचिवमा वाग्लेलाई नियुक्त गरेको थियो।


प्रकाशित: Jan 23, 2023| 18:07 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।