सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ६ महिनाको आयात ७ खर्ब ९२ अर्ब, निर्यात ८० अर्ब ८० करोड मात्रै

६ महिनाको आयात ७ खर्ब ९२ अर्ब, निर्यात ८० अर्ब ८० करोड मात्रै

निर्यात र आयात दुवै घटेपछि वैदेशिक व्यापारसमेत खुम्चिएको विभागको तथ्यांकले देखाएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिने अवधि (साउन–पुस) मा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको तथ्यांक सार्वजनिक गरेको छ। विभागका अनुसार चालू वर्षको साउनदेखि पुससम्म उक्त मूल्य बराबरको आयात भएको हो।

National life

गत आवको सोही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाखको आयात भएको थियो विभागको तथ्यांक छ। चालू वर्षको यस अवधिमा ८० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ, जुन गत वर्षको तुलनामा ३२.०१ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

निर्यात र आयात दुवै घटेपछि वैदेशिक व्यापारसमेत खुम्चिएको विभागको तथ्यांकले देखाएको छ। गत आवको ६ महिनामा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो। वैदेशिक व्यापारमा २१ प्रतिशतको गिरावट आएसँगै चालू वर्षमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन  गत वर्षको तुलनामा २ खर्ब ४५ अर्ब रुपैयाँले कम हो।

नेपालको वैदेशिक व्यापार घाटा १९.१५ प्रतिशतले घटेको विभागले बताएको छ। यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ घाटा बेहोरेको छ। गत वर्षको सोही अवधिमा वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड थियो।

प्रकाशित: Jan 23, 2023| 17:16 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्