बुधबार, कात्तिक ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • डाक्टर उत्पादनमा लगानी गर्दै शुक्लाफाँटा, इन्जिनियरिङमा पनि छात्रवृत्ति

डाक्टर उत्पादनमा लगानी गर्दै शुक्लाफाँटा, इन्जिनियरिङमा पनि छात्रवृत्ति

नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- पाँच वर्षमा पाँच जनालाई  चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ। 

Kumaribank

नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो।  प्रत्येक वर्ष एक/एकजनाका दरले ५ वर्षमा ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी एमबिबिएस र इन्जिनियरिङ पढाउनका लागि कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए। 'पढाइ पूरा नहुन्जेलसम्मका लागि पूरै खर्च नगरपालिकाले व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गर्छौं, छात्रवृत्ति पाएर एमबिबिएस र इन्जिनियरिङ उत्तीर्ण गरेका छात्रछात्रालाई नगरपालिकामै रोजगारी उपलब्ध गराउने योजनासहित कार्यक्रम अगाडि बढाइएको छ,' उनले भने। 

चालू आवमा छात्रवृत्ति प्रदान गर्नका लागि १५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए।  १० लाख एमबिबिएस पढ्नेलाई र ५ लाख इन्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति प्रदान गरिनेछ। 'पढाइमा अब्बल रहेका विद्यार्थी आर्थिक अभावका कारण एमबिबिएस तथा इन्जिनियरिङ पढ्नबाट वञ्चित नहुन भनेर चालू आवको नीति तथा कार्यक्रममै छात्रवृत्तिको कार्यक्रम ल्याउने घोषणा गरेका थियौँ,' चालू आवदेखि नै एमबिबिएस र इन्जिनियरिङ पढ्न चाहनेलाई छात्रवृत्तिबापतको रकम उपलब्ध गराउँछौँ,' नगरप्रमुख रणबहादुर महराले भने।  

पढाइ पूरा नहुन्जेलसम्म छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको खर्च नगरपालिकाले ब्यहोर्ने उनले जानकारी दिए। 'सामुदायिक विद्यालयमा पढेका कक्षा १२ मा राम्रो अङ्क ल्याएका विद्यार्थीले आर्थिक अभावकै कारण रोजेको विषय पढ्न नपाएको गुनासो अभिभावकले पटक–पटक गरेको सुनेका छौँ, त्यसै समस्यालाई निराकरण गर्दै, आर्थिक अभावले पढाइ छाड्नु नपरोस् भनेर कार्यक्रम अघि सारेका हौँ,' उनले भने। 

नगरपालिकाबाट छात्रवृत्ति पाएर पढेका विद्यार्थीले कम्तीमा २ वर्ष नगरपालिकाको स्वास्थ्य संस्था र प्राविधिक फाँटमा रहेर काम गर्नुपर्ने सर्त अघि सारिएको छ। पढाइ पूरा गरी नगरपालिकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकलाई र इन्जिनियरिङ पढेकालाई नगरपालिकाले सम्झौता गरी तलबमानमा रोजगारी उपलब्ध गराउने नगरप्रमुख महराले बताए। 

Metro Mart

प्रकाशित: Jan 23, 2023| 21:30 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।