सोमबार, वैशाख २८, २०८३

नेपालगञ्जको दादुरा नियन्त्रणमा आउन एक महिना लाग्छ: स्वास्थ्यमन्त्री

स्वास्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गिरीले दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने बताएका हुन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

National life

काठमाडौं- नेपालगञ्जमा फैलिएको दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने स्वास्थ तथा जनसंख्यामन्त्री पदम गिरीले बताएका छन्। स्वास्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गिरीले दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने बताएका हुन्। 

नेपालगन्जमा दादुरा फैलिएपछि अनुगमनमा पुगेका मन्त्री गिरीले त्यहाँको अवस्था बुझेपछि दादुरा नियन्त्रणको काम भइरहेको र पूर्ण रुपमा नियन्त्रणमा आउन एक महिना लाग्ने बताएका हुन्।

फरक प्रसंगमा मन्त्री गिरीले गुणस्तरीय स्वास्थ्य सेवा आम मानिससम्म पुर्याउन स्वास्थ्य पूर्वाधारलाई अगाडि लैजानुपर्ने देखिएको बताए। स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा मन्त्री गिरीले स्वास्थ्यका जनशक्ति अभाव र त्यसको व्यवस्थापनमा ध्यान दिने बताएका हुन्। उनले भने, 'मेरो नेतृत्वमा सेटिङमा काम हुने छैन। नीतिगत भ्रष्टाचार हुन दिने छैन,  हरेक कुरा पारदर्शी हुनेछ।'

प्रकाशित: Jan 23, 2023| 16:28 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्