सोमबार, जेठ ४, २०८३

सेयर बजार १३.७१ अंकले घट्यो

नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- सेयर बजार सोमबार घटेको छ। नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ। 

National life

साथै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ। आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ। यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ। 

यस्तै,आज कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसिएसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

यस्तै, आदर्श लघुवित्त बित्तीय संस्था, सानिमा जिआईसी बिमा, कुमारी बैंक,  स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ। 

यस्तै, कुल ४१ कम्पनीमा उकलो लागेको छ भने १६६ कम्पनीमा ओरालो लागेको छ। साथै ३ कम्पनी भने स्थीर रहेको छ। 

आज १३ उप सुचकहरु मध्ये बैंकीङ र म्युचुअल फण्ड बाहेक सबै कम्पनीमा ओरालो लागेको छ।

 

प्रकाशित: Jan 23, 2023| 15:30 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्