शुक्रबार, फागुन २९, २०८२

स्ववियु निर्वाचन मर्यादित बनाउन बन्यो अनुगमन समिति

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता अवरुद्ध हुँदै आएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा गर्ने तालिका सार्वजनिक भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मर्यादित बनाउन केन्द्रीय  अनुगमन समन्वय समिति गठन गरेको छ।

त्रिविले शिक्षाध्यक्ष डा. शिवलाल भुसाल संयोजकत्वको १६ सदस्यीय समिति गठन गरेको हो। समिति सह–संयोजकमा त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहाल र समितिका सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी रहेका छन्। समितिले निर्वाचन आचारसंहिता बनाउने, निर्देशिका तथा कार्यविधि बनाउने सदस्य—सचिव अधिकारीले बताए।

त्रिविले गत २८ पुसमा आंगिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिइसकेको छ। प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता अवरुद्ध हुँदै आएको छ। त्रिविमा ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।

प्रकाशित: Jan 23, 2023| 15:16 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्