सोमबार, वैशाख ७, २०८३

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती?

पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

इस्लामाबाद- पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ। ‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव गर्यो, जसले गर्दा ठूलो समस्या भयो। प्रणालीलाई पुनर्जीवित गर्न द्रुत कार्य भइरहेको छ’, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।

National life

कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो।

सोमबार बिहान प्रणालीहरू सक्रिय हुँदा जामशोरो र दादु शहरहरू बीचको देशको दक्षिणी भागमा फ्रिक्वेन्सी भिन्नता रिपोर्ट गरिएको ऊर्जा मन्त्री खुरुम दस्तगिरले जियो टिभी च्यानललाई भने।

दस्तगीरले भने, ‘भोल्टेजमा उतारचढाव थियो र एक एक गरेर प्रणालीहरू बन्द हुँदै गयो। यो ठूलो संकट होइन’, दस्तगीरले भने।

देशका केही ग्रिडहरू पहिले नै पुनस्र्थापित भइसकेका छन्, मन्त्री दस्तगिरले थपे।  

kumari

प्रकाशित: Jan 23, 2023| 13:26 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।