शुक्रबार, फागुन २९, २०८२

बाँकेमा पनि फैलियो दादुरा, ६ जनामा संक्रमण पुष्टि

बाँकेको कोहलपुर नगरपालिकाका बालबालिकामा पनि दादुराको महामारी फैलिन थालेको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- बाँकेको कोहलपुर नगरपालिकाका बालबालिकामा पनि दादुराको महामारी फैलिन थालेको छ। अहिलेसम्म ६ जना बालबालिकामा दादुरा देखिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले जानकारी दिए।

National life

कोहलपुर नगरपालिकामा गएको पुस २८ गते वडा नम्बर १४ हवलदारपुरमा दादुराका पहिलो बिरामी फेला परेका थिए। अहिले वडा नम्बर २ र ११ का बालबालिकामा पनि दादुरा देखिएको छ। वडा नम्बर २ र १४ मा एक-एक जना र वडा नम्बर ११ मा ४ जना बालबालिकामा दादुरा देखा परेको हो।

दादुराको महामारी फैलिन थालेपछि नियन्त्रणको प्रयास समेत सुरु भएको शाखा प्रमुख ठकुरीले जानकारी दिए। दादुरा रोगको महामारी फैलिन थालेपछि ६ महिनादेखि माथी र १५ वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउने तयारीमा नगरपालिका जुटेको छ।

`निकै संक्रामक रोग भएकाले यस्को नियन्त्रणमा हामी चनाखो भयर लागि सकेका छौं शाखा प्रमुख ठकुरीले भने, 'अब नगरभित्रका लक्षित सम्पूर्ण बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने छ।'

दादुराका बिरामी देखा पर्नेक्रम बढेपछि माघ १० गते मंगलबार पालिकास्तरिय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ। त्यसैगरी ११ गते बुधबारबाट १५ वटै वडाका तोकिएका खोप केन्द्रबाट दादुरा-रुबेला विरुद्धको खोप लगाउने तयारी गरिएको छ।

Laxmi sunrise bank
kumari

नगरपालिकाभित्रका ६ महिना भन्दामाथि र १५ वर्षमुनिका २६ हजार १४२ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप सेवा प्रदान गर्ने लक्ष्य रहेको छ। 

बाँकेमा पुस दोस्रो सातादेखि बालबालिकामा दादुराको महामारी फैलिएको छ। नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा अहिले अन्य पालिकामा पनि फैलिनेक्रम तीब्र बनेपछि खोप अभियानलाई प्राथमिकता दिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jan 23, 2023| 07:29 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्