आइतबार, जेठ ३, २०८३

चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाठौं- राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो।

National life

पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिने जनाएका छन्। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ।

हामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ। माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ।

माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको छ।

प्रकाशित: Jan 23, 2023| 07:05 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...