सोमबार, जेठ ४, २०८३

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

National life

आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसमध्ये दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ।

यस्तै, सामूहिक लगानी कोषलाई एक लाख पाँच हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ। आयोजना प्रभावित स्थानीयलाई पनि १० लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ।

४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ३३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

प्रकाशित: Jan 23, 2023| 06:54 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्