मंगलबार, फागुन १९, २०८२

चीनमा कोरोना: एक सातामा १३ हजारको मृत्यु

गत जनवरी १२ सम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

kumari

एक सातामा चीनमा करिब १३ हजार कोरोना संक्रमितको मृत्यु भएको छ। जनवरी १३ देखि १९ को बीचमा सो संख्यामा संक्रमितको ज्यान गएको हो।

गत जनवरी १२ सम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो। अस्पताल भर्ना भएका ६ सय ८१ बिरामीको कोरोना भाइरस संक्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र १ हजार ९ सय ७७ जनाको संक्रमणसँगै अन्य रोगका कारण मृत्यु भएको चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडिसि) ले शनिबार जनाएको छ। 

गत  डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजारभन्दा बढी मानिसको मृत्यु भएको  सिडिसिको भनाइ छ।


प्रकाशित: Jan 22, 2023| 16:59 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।