आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक

माओवादी केन्द्रले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक

पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ। पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो। 

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ। दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ। 

जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो। दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन्। 

प्रकाशित: Jan 22, 2023| 15:51 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...