शनिबार, साउन २, २०८३

जनता बैंकले अनलाइन खाता खोल्ने सुविधा दियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–जनता बैंकले अनलाइन खाता खोल्ने सुविधा दिएको छ । सूचना प्रविधिमार्फत सहज र सुलभ रुपमा आमनागरिकसम्म सजिलै बैंकिङ पहुंच पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाट खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको हो । 

जनता बैंकको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट जनता बैंक डट कम डट एनपी लग अन गरि स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भर रहेका १२३ ओटै शाखामार्फत खाता खोल्न सकिने कम्पनीको भनाइ छ ।

उक्त सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरी अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै बैंकको सेवा प्राप्त गर्न सक्ने बताइएको छ । 

बैंककाअनुसार उक्त सेवा व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिनेछ । अनलाइनबाट खाता खोलेपश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी, व्यक्तीगत इमेलमा पठाइनेछ । 

यस विधिबाट खोलिएको खातामा प्रचलित कानून बमोजिम तुरुन्तै कारोवार सञ्चालन गर्न सकिने छ । चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धीत शाखामा सम्पर्क गरि फाराममा हस्ताक्षर गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्