आइतबार, कात्तिक १६, २०८२

धरानमा चल्यो उपमहानगरको डोजर, स्थानीयद्वारा ढुंगामुढा

आइतबार धरान-५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले डोजर चलाएको छ। आइतबार धरान-५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो।

Kumaribank

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप हुँदा डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ। धरान-५ मा  सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरेको भन्दै मुना चौधरी लिम्बूले बनाएको घर भत्काइएको हो।

खारखोला र अधेरी खोलाको संगम स्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो। उक्त क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको हो। उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ।

पहिलादेखि नै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले भने खोलाको भाग सीमांकन गर्नुपर्ने माग राखेका थिए। यसअघि पनि बन्दै गरेको अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो। तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो।

उपमहानगरको टोली घर भत्काउन आएपछि अन्तरिम आदेश माग गर्दै घरधनी मुना चौधरी लिम्बू सुनसरी जिल्ला अदालत पुगेकी थिइन्। अदालतले निवेदकले माग गरेअनुरुप अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि उपमहानगर फेरि तातेको हो। 

Metro Mart

प्रकाशित: Jan 22, 2023| 13:14 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।