आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएको छ। प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवासुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो। 

National life

कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई निवेदन दिइसकेको छ। नेमकिपाले प्रतिनिधिसभामा प्रमुख विपक्षी दल तत्काल तोक्न पनि माग गरेको छ। प्रतिनिधिसभा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताए। प्रतिनिधिसभामा नेमकिपाबाट उनी एक जनामात्र सांसद छन्।

उनले संसद् बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएका थिएनन्। ‘सरकारलाई विश्वासको मत नदिएको सबैभन्दा ठूलो दल नेमकिपा हो। नेमकिपा नै विपक्षी दल हो। सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी हुन सक्दैन,’ उनले भने।

संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्छ। प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधाबापत्त मासिक २५ हजार, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्ड घर, सवारीका लागि इन्धन सुविधा, मोबिल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमालगायतका कैयौं सुविधा प्राप्त हुन्छ।

विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एक/एक जना दिइन्छ। अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटरसहितका सामग्री, दुई वटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्छ।

प्रकाशित: Jan 22, 2023| 12:43 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...