आइतबार, जेठ ३, २०८३

रविले संसद्‍मा भने- मलाई मन्त्रीमात्रै दिएपनि हुन्छ

शनिबारको संसद् बैठकमा उनले भने, ‘उप हटाउने भए मेरोबाट हटाउँदा भयो। राज्यलाई भार पर्दैन।’
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई उपप्रधानमन्त्रीबाट हटाएर मन्त्रीमात्र बनाए पनि फरक नपर्ने बताएका छन्। शनिबारको संसद् बैठकमा उनले भने, ‘उप हटाउने भए मेरोबाट हटाउँदा भयो। राज्यलाई भार पर्दैन।’ 

National life

'हिजो चारजना उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो। आज तपाईंको पालामा त्यस्तो भयो भन्ने प्रश्नको उत्तरमा उनले यसो भनेका हुन्।

लामिछानेले राम्रो कामको सुरुवात गरेको दाबी गरे। उनले भने, ‘सुरुवात गरिसकेका छौं नतिजा आइहाल्छ। नतिजा नआउन्जेल प्रश्नहरू आइरहन्छन्। एकमात्र होइन अरु पनि छन्। हामीले रिजल्टको लागि काम गरेका छौं।’ 

कर्तव्य ज्यान मुद्दामा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने विषयमा उनले भने, ‘पक्रेको दिन पत्रकार सम्मेलन गरेर तपाईंलाई बोलाउँला।

प्रकाशित: Jan 21, 2023| 18:15 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...