मंगलबार, जेठ १९, २०८३

बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिकास्तरिय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

डोटीको बडीकेदार गाउँपालिका–२ स्थित सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरीलाई समस्या भएको छ। गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिकास्तरिय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन। 

National life

स्थानीय तह स्थापना भएको ६ वर्ष बितिसक्दा पनि  पालिकाले विकास निर्माणसँगै शिक्षा, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा खासै ध्यान नदिएको यस क्षेत्रका नागरिकको गुनासो छ। सामुदायिक स्वास्थ्य एकाइ सडेखानमा दुई स्वास्थ्यकर्मी भए पनि बर्थिङ सेन्टर स्थापना नहुँदा सुत्केरीलाई समस्या भएको स्थानीय  प्रकाश लामिछानेले बताए।

स्थानीय सरकार आएपनि नागरिकको जनजीवनसँग जोडिएको स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलागायत क्षेत्रमा उल्लेख्य लगानी भएको छैन। दुई हजार पाँच सय जनसङ्ख्या रहेको  बडीकेदार–२ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन कैलालीको अत्तरिया र धनगढीस्थित अस्पताल धाउनुपर्ने बाध्यता छ।

बडीकेदार–२ सबैभन्दा विकट छ। यहाँ सुत्केरीलाई सडकसम्म चार घण्टा बोकेर लैजानुपर्ने बाध्यता छ।  कतिपय अवस्थामा  सडकसम्म लैजाँदा बाटोमै सुत्केरी हुने अवस्था भोग्नुपरेको लामिछानेले बताए। 

सामुदायिक स्वास्थ्य एकाइमा अनुभवी तथा तालिम प्राप्त कर्मचारी नहुँदा बर्थिङ सेन्टर सञ्चालन गर्न नसकिएको बडीकेदारका स्वास्थ्य शाखा प्रमुख खडक धामीले बताए।

Shivam cement

प्रकाशित: Jan 21, 2023| 20:30 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।