सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा कम्बल तथा न्यानो कपडा वितरण

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा कम्बल तथा न्यानो कपडा वितरण

देशभर बढिरहेको जाडोका बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा सूर्यज्योतिको न्यानोपन अभियानमार्फत् कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- देशभर बढिरहेको जाडोका बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा सूर्यज्योतिको न्यानोपन अभियानमार्फत् कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।

National life

सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केहि राहत होस् भन्ने हेतूले असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरूवात गरेको कम्पनीले जनाएको छ।  

ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो।

साथै गुल्मीमा बौद्धिक अपाङ्गता भएका विधार्थीलाई न्यानो कपडा वितरण र माझीगाउँ बलिथुमका विपन्न परिवारहरूलाई न्यानो कपडा वितरण गरि सम्पन्न गरिएको थियो। अभियानअन्तर्गत लक्ष्मीनिया गाउँपालिका, जलेश्वर, लाहान र वीरगञ्जमा पनि कम्बल वितरण कार्यक्रमहरू गरिएको थियो।


प्रकाशित: Jan 21, 2023| 15:44 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्