आइतबार, जेठ ३, २०८३

उपसभामुख चयन गर्न संसद् बैठक सुरु

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव चुनावी मैदानमा छन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

National life

काठमाडौं– संघीय संसद्को उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु भएको छ। शनिबार उपसभामुखका लागि निर्वाचन हुने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार रहेका छन्।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम एवं समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन रहेका छन्। यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे एवं समर्थकमा नेकपा एसका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन्। 

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफ्ना  पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन्। दलीय रुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन्।

प्रकाशित: Jan 21, 2023| 13:29 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...