शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • मोटर गुडाउँदा सिट बेल्ट नलगाउने बेलायती प्रधानमन्त्री सुनकले तिरे जरिमाना

मोटर गुडाउँदा सिट बेल्ट नलगाउने बेलायती प्रधानमन्त्री सुनकले तिरे जरिमाना

सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्डसम्म जरिमाना तिर्नुपर्ने प्रावधान छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– गुडिरहेको कारमा सिट बेल्ट नलगाएपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जरिमाना तिर्नुपरेको छ। लंकासायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिट बेल्ट नलगाएपछि ससर्त जरिमाना लगाएको हो।

triton college

प्रहरीका अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार्दै माफीसमेत मागेका छन्। यद्यपि उनले जरिमाना तिर्नुपर्नेछ। सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्डसम्म जरिमाना तिर्नुपर्ने प्रावधान छ। यदि मुद्दा अदालतमा पुग्यो उक्त जरिमाना ५०० पाउन्डसम्म बढ्न सक्छ। 

बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरिमाना तिराइएको यो दोस्रो पटक हो। यसअघि गत अप्रिलमा तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोरोनाका बेला लगाइएको बन्दाबन्दीका नियम तोडेको भन्दै जरिमाना गरिएको थियो।

बेलायतको उत्तरी यात्राको क्रममा रहेका प्रधानमन्त्री सुनक भिडियो खिचिएका बेला लंकासायरमा थिए। प्रधानमन्त्री सुनकलेआफूले बनाएको भिडिओ इन्स्टाग्राममा समेत पोस्ट्याएका थिए।–एजेन्सी

प्रकाशित: Jan 21, 2023| 13:17 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।