सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकलाई बजेटरी सहायता बढाउन अर्थमन्त्री पौडेलको आग्रह

विश्व बैंकलाई बजेटरी सहायता बढाउन अर्थमन्त्री पौडेलको आग्रह

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्व बैंकलाई नेपालमा बजेटरी सहायता वृद्धि गर्न आग्रह गरेका छन्। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्। 

National life

भेटमा चालू आर्थिक वर्ष विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत सुनिश्चित भएका योजना तथा कार्यक्रमका लागि आवश्यक पूर्वकार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पौडेलले जनाए। आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पौडेलको सचिवालयको प्रेस नोटमा उल्लेख छ। 

विश्व बैंकको सहायतामा सञ्चालित आयोजनामा देखिएका समस्याका कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ ध्यान दिइने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री पौडेलले विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै माथिल्लो अरुण, ग्रामीण सडकलगायत आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराए।

विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले विश्व बैंकको सहायतामा सञ्चालित आयोजना प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे। उनले विश्व बैंकको सहायतामा सञ्चालित आयोजनामा देखापरेका समस्या समाधानका लागि सहजीकरण गर्न अर्थमन्त्री पौडेललाई आग्रह गरे। 

प्रकाशित: Jan 21, 2023| 11:17 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्