आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस भ्रातृ संगठन विस्तारको किचलो : हाँगा काट्दै, जरा खुम्च्याउँदै

nespernesper

कांग्रेस भ्रातृ संगठन विस्तारको किचलो : हाँगा काट्दै, जरा खुम्च्याउँदै

कांग्रेसभित्र लामो समयदेखि संस्थापन (देउवा) पक्षले ६० र इतर पक्षले ४० प्रतिशत भाग पाउने गरेको छ। अहिले त गुटभित्र उपगुटसमेत भएकाले पनि नेताहरुको स्वार्थ बाझिने भएकाले पूर्ण समितिको भ्रातृ संस्था ल्याउन गाह्रो भइरहेको बताइन्छ।
 |  शनिबार, माघ ७, २०७९

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, माघ ७, २०७९

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो पार्टी हुँदा पनि आन्तरिक कमजोरीका कारण सरकारको नेतृत्व गर्न नपाएको विवाद चलिरहेको नेपाली कांग्रेसभित्र फेरि अर्को विवाद सुरु भएको छ। कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले नेतृत्व नपाएको वर्षौं भइसकेको छ। अधिकांश भ्रातृ संस्थाहरूको कार्यकाल पाँच वर्ष हुने गरेकोमा कैयौं भ्रातृ संस्थामा दसौं वर्षसम्म पनि अधिवेशन हुन सकेको छैन।

triton college

यतिबेला कांग्रेसले भ्रातृ संस्थालाई गति दिने तयारी त गरिरहेको छ तर पदाधिकारीबिनाको समिति बनाएर। महाधिवेशन गराउन भन्दै कांग्रेसले अधिवेशन हुन नसकेका नेविसंघ, तरुण दल, महिला संघलगायत थुप्रै भ्रातृ संस्थामा पदाधिकारी बिनैको समिति ल्याउन खोजेपछि भ्रातृ संगठन तथा पार्टीभित्र त्यसको विरोध सुरु भएको छ। पदाधिकारीबिना समिति बनाउँदा  काम गर्न गाह्रो हुने भन्दै पार्टीभित्रका केही नेता र विभिन्न भ्रातृ संस्थामा आवद्ध नेताहरूले विरोध जनाइरहेका छन्।

अहिले पार्टी पदाधिकारीमै पनि विभिन्न भ्रातृ संस्थाको नेतृत्व गरेका व्यक्तिहरू पुगेको र उनीहरूलाई अनुभव भएकाले पनि पदाधिकारीबिनाको समिति ल्याउँदा पार्टीलाई क्षति हुने बुझ्दा पनि नबुझेको जस्तो गरेको भ्रातृ संस्थाका नेताहरूको गुनासो छ। नेपाल विद्यार्थी संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पकुमार शाहीले पदाधिकारीबिनै भ्रातृ संगठन गठन हुँदा यसले पार्टीको गतिशीलतामा ठूलो असर गर्ने बताए। ‘नेतृत्वबाटै पार्टीको जराहरू खुम्च्याउने र हाँगा काट्ने काम भइरहेको छ। भ्रातृ संस्था भनेका कुनै पनि पार्टीका बलिया पाखुरा हुन्। पाखुरा कमजोर तुल्याउँदा शरीर नै कमजोर हुन्छ। नेविसंघ पार्टीको नर्सरी हो। नर्सरी नै कमजोर गर्दा रुख बलियो हुन सक्दैन। त्यसैले पदाधिकारीसहितको पूर्ण समिति ल्याउनुपर्छ भन्नेमा हामी पार्टीसँग जोडदार माग गर्छौं,’ उनले भने।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई पनि कांग्रेसले चाँडो समिति विस्तार गरोस् लागेको छ। ‘मैले एक्लैले जिम्मेवारी पाएको लामो समय भयो। समिति नहुँदा मैले नै काम गर्न सकेको छैन। स्ववियु निर्वाचनको कुरा पनि आइरहेको छ। यस्तो बेलामा कमिटीलाई पूर्णता दिइएन भने मैले काम नै गर्न सक्दिन। त्यसैले नेतृत्वले सकभर पूर्ण पदाधिकारीसहितकै समिति देओस्। नभए स्ववियु नजिकिरहेकाले प्लेन समिति भए पनि दिनुपर्छ। यसमा ढिलाइ गर्नु हुँदैन। धेरै ढिला भइसक्यो,’ नेपाल समयसँग कुरा गर्दै उनले भने।

यतिबेला कांग्रेसले भ्रातृ संस्थालाई गति दिने तयारी त गरिरहेको छ तर पदाधिकारीबिनाको समिति बनाएर। महाधिवेशन गराउन भन्दै कांग्रेसले अधिवेशन हुन नसकेका नेविसंघ, तरुण दल, महिला संघलगायत थुप्रै भ्रातृ संस्थामा पदाधिकारी बिनैको समिति ल्याउन खोजेपछि भ्रातृ संगठन तथा पार्टीभित्र त्यसको विरोध सुरु भएको छ। 

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारी बिनाको बनाएर बाहिर ल्याउनु उपयुक्त नहुने बताए। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु विधान विपरीत हुने तर्क गरे। ‘पार्टी विधि र पद्धतिमा चल्नुपर्छ। नेताहरूलाई सबै पद चाहिने तर नेविसंघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन। यसले पार्टीलाई राम्रो गर्दैन। हिजो भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिब सात लाख मत कम पाएका छौं,’ उनले भने। जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उनी बताउँछन्।

Metro Mart
vianet

‘सबै समिति अपडेट भएका भए पार्टीका मुद्दा जनतामाझ वकालत गर्थे। जनताका कुरा पार्टीलाई भन्थे। यसले जनता र पार्टीबीचको दूरी घट्न ठूलो मद्दत पुग्थ्यो। हामी त्यही अनुसारको नीति बनाएर अघि बढ्थ्यौं। यस पटक भ्रातृ संस्था ‘अपडेट’ नभएकै कारण पनि हामीले ठूलो क्षति व्यहोरेका छौं,’ उनी भन्छन्। १० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुखद् भएको उनले बताए। यसले गर्दा विभिन्न क्षेत्रको सक्षम नेतृ जाम भएको उनको भनाइ छ।

पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनले बताए। ’पार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ। यसको खिलाफमा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन्। यो दश वर्षमा डेढ–दुई सयको समिति बनेको भए पनि प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,’ नेता महर भन्छन्।  पार्टी नेताहरूलाई सबै जिम्मेवारी चाहिने तर भ्रातृ संस्थामा अरुलाई पद नचाहिने भन्ने नहुने महर बताउँछन्। उनले आफू पदाधिकारीसहितको समिति निर्माण हुनुपर्ने पक्षमा रहेको बताए। केन्द्रीय नेतृत्वले भागवन्डा मिल्दैन कि भनेर आफ्ना भ्रातृ संगठनलाई अनिर्णयको बन्दी बनाउनु शोभनीय नभएको उनको तर्क छ। विधान अनुसार महाधिवेशन नगर्ने कुरा भनेको संगठनको निर्माण रोक्ने कार्य भएको उनले बताए।

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर
‘६ हजार ७ सय ४३ वटा वडा सबैमा नेपाली कांग्रेसको समिति छ। त्यसलाई नै त्यहाँको भ्रातृ संस्था निर्माणको जिम्मेवारी दिनुपर्छ। जिल्ला समितिको जिम्मा पार्टी जिल्ला समितिलाई दिने। सामुदायिक क्याम्पस भए पालिका तहलाई जिम्मा दिने। सबै भ्रातृ संस्थाको प्रदेश समिति निर्माणको जिम्मा पार्टी प्रदेश समितिलाई दिनुपर्छ। केन्द्रको समिति केन्द्रले बनाउनुपर्छ। युनिभर्सिटी र सातै प्रदेशका सेन्ट्रल क्याम्पसमा केन्द्रले हेरे पनि सबै ठाउँमा केन्द्रले हेरेर पुग्दैन। यो तदर्थ समिति बनाउँदा भयो। त्यसपछि विधान अनुसार अधिवेशन गर्नुपर्छ। मैले पार्टीमा यही आवाज उठाइरहेको छु,’ उनले भने। विधान अनुसार पदाधिकारीसहितको भ्रातृ संस्थाहरूको समिति निर्माणमा पार्टीभित्र सबै एकमत हुन आवश्यक रहेको उनले बताए।

पार्टी नेतृत्व भने भ्रातृ संस्था र केही केन्द्रीय सदस्यहरूको कुरा सुन्ने पक्षमा देखिँदैन। ‘पार्टीभित्र विभिन्न नेताहरू विभिन्न नेता नजिक छन्। सबैलाई भाग चाहिएको छ। यहाँ संगठनको चिन्ता धेरैलाई छैन। यस्तो अवस्थामा पार्टीमा थप विवाद सिर्जना नहोस् भनेर अध्यक्षको नेतृत्वमा अधिवेशन गराउनकै लागि भए पनि प्लेन कमिति दिने पक्षमा नेतृत्व छ,’ एक नेताले भने।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि अहिले प्लेन समिति नै दिने पक्षमा नेतृत्व रहेको बताउँछन्। ‘पार्टीले नेतृत्वलाई पूर्णता दिने गृहकार्य गरिसकेको छ। पदाधिकारीसहित समिति विस्तार गर्नुपर्छ भन्ने धेरै सुझाव आएको छ। अहिले प्लेन समिति नै होला भन्ने देखिन्छ,’ उनले भने। सुझावका पक्षमा छलफल भइरहेको भए पनि अन्तिम टुंगो लाग्न भने बाँकी रहेको उनले बताए।

कांग्रेसभित्र लामो समयदेखि संस्थापन (देउवा) पक्षले ६० र इतर पक्षले ४० प्रतिशत भाग पाउने गरेको छ। अहिले त गुटभित्र उपगुटसमेत भएकाले पनि नेताहरुको स्वार्थ बाझिने भएकाले पूर्ण समितिको भ्रातृ संस्था ल्याउन गाह्रो भइरहेको बताइन्छ। अहिले कांग्रेसमा शेखर समूह बलियो भएकाले पनि संस्थापन पक्ष पूर्ण समिति ल्याउन हच्किरहेको हो। 

प्रकाशित: Jan 21, 2023| 08:23 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...