आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध सच्याउनुपर्छ : अध्यक्ष ओली

देउवा सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध सच्याउनुपर्छ : अध्यक्ष ओली

देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताएका हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध वर्तमान सरकारले सच्याउनुपर्ने बताएका छन्। 

National life

पार्टीको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका ओलीले देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताएका हुन्। 

प्रचण्ड सरकारले छिमेकसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका ओलीले छिमेकसँग बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्न नहुने बताए। 

नेपालको भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने बताएका उनले छिमेकी मुलुकको चासो र चिन्तालाई नेपालले सम्बोधन गर्नुपर्ने बताए। साथै देशको सार्वभौमसत्ता र स्वाधिनतामा नेपालले सम्झौता नगर्ने अध्यक्ष ओलीको भनाइ छ। 

प्रकाशित: Jan 20, 2023| 15:28 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...