सोमबार, जेठ ४, २०८३

आजको फलफूल तथा तरकारीको बजार मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि हरियो तरकारी र फलफुलको मूल्य निर्धारण गरेको छ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि हरियो तरकारी र फलफुलको मूल्य निर्धारण गरेको छ। 

National life

समितिका अनुसार आज कालीमाटीमा साढे १५ रुपैयाँदेखि ५०० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ। सबैभन्दा सस्तो सानो लोकल गोलभेडा न्यूनतम मूल्य प्रतिकेजी १५ रुपैयाँ र सबैभन्दा महँगो अकबरे हरीयो खुर्सानी प्रतिकेजी ५०० रुपैयाँ रहेको छ। 

अनार प्रतिकेजी ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु २६ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, उखु प्रतिवटा ८० रुपैयाँ, स्थानीय काउली ५०, र लोकल बन्दा २० रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ र नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ रहेको छ। 

यसैगरी, चमसुरको साग ११० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, जिरीको साग ४० रुपैयाँ, तरुल ६० रुपैयाँ, छडी ताजा माछा २४० रुपैयाँ  र रहु माछा ३६० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, पालूगो साग ११० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, बकुला ६० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ, मटरकोसा ५० रुपैयाँ, मेथीको साग ११० रुपैया र रायोको साग ५० रुपैयाँ रहेको छ। 

यस्तै, हरियो लसुन १२० रुपैयाँ, लौका ६० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, सलगम ५० रुपैयाँ, नेपाली सुन्तला १२० रुपैयाँ, सेलरी २०० रुपैयाँ, सौफको साग ११० रुपैयाँ, ज्यापु काउली ६० रुपैयाँ, फूजी स्याउ २५० रुपैयाँ र हरियो धनिया १०० रुपैयाँ रहेको छ।

प्रकाशित: Jan 20, 2023| 10:50 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्