सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सक संघको नेतृत्व छनौटका लागि आजबाट निर्वाचन हुँदै

चिकित्सक संघको नेतृत्व छनौटका लागि आजबाट निर्वाचन हुँदै

नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौट गर्न आजबाट निर्वाचन सुरु हुँदैछ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौट गर्न आजबाट निर्वाचन सुरु हुँदैछ। संघको केन्द्रीय कार्यकारिणी समिति २०७९/०८२ निर्वाचन अन्तरगर्त आज र भोली काठमाडौं उपत्यका बाहिरका १६ वटा शाखामा निर्वाचन हुँदैछ।

National life

यसपटकको निर्वाचनमा डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरका अनुसार तोकिएका स्थानमा आज र भोली बिहान ९ देखि ४ बजेसम्म निर्वाचन हुँदैछ। काठमाडौं उपत्यकामा भने आगामी १९, २० र २१ माघ गरी तीन दिन निर्वाचन हुँदेछ।

यसपटकको निर्वाचनमा १२ हजार ८३५ जना चिकित्सक सहभागी हुन पाउँछन्। निर्वाचन समितिले विगतमा जस्तै एक केन्द्रमा मतदान गर्नुपर्ने चिकित्सकले अत्यावश्यक परेमा निवेदन दिई अन्यत्रको केन्द्रमा गएर मतदान गर्न सक्नेसमेत जनाएको छ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदका लागि निर्वाचन तय गरिएको छ। जसमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित सात जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष सहित १२ पदका लागि निर्वाचन हुदैछ।

प्रकाशित: Jan 20, 2023| 08:17 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।