सोमबार, वैशाख २१, २०८३

चोभारमा कार खसेको तीन दिनपछि भेटियो बेपत्ताको शव

खत्रीको शव आज माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- काठमाडौंको चोभारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव तीन दिनपछि फेला परेको छ।

National life

कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका खत्रीको शव आज माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो। माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिल्भर रङको कार नदी किनारमा खसेको थियो। दुर्घटनामा कारमा सवार दक्षिणकाली नगरपालिका १ का ४० वर्षिय राजकुमार खत्री बेपत्ता भएका थिए। श्रीमती ४० वर्षिया अम्बिका लामिछाने भने घाइते भएकी थिइन्।

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ।

प्रकाशित: Jan 19, 2023| 17:46 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।