शुक्रबार, फागुन २९, २०८२

वीर अस्पतालमा क्याथल्याब सेवा सुरु

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उक्त सेवाको शुभारम्भ गरेका हुन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- वीर अस्पतालमा मुटुरोगको उपचारका लागि चाहिने क्याथल्याब सेवा सुरू भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उक्त सेवाको शुभारम्भ गरेका हुन्।

National life

स्वास्थ्यमन्त्री गिरीले वीर अस्पतालको भूमिकाबाट अब्बल र सक्षम सेवा मुलुकका अन्य अस्पताल र स्वास्थ्य संस्थाले सिक्ने बताउँदै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता संरचनागत तथा व्यवस्थापकीय सेवा सुधारका लागि काम गर्ने बताए।

अस्पतालका उपकरण छिटो बिग्रने कुरा मिडियाहरुमा आइरहेकाले यसबारे सचेत रहन निर्देशन दिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा डीएन साहले न्याम्स शिक्षण संस्थान पनि भएकाले यहाँ उपचार र शैक्षिक गतिविधी दुबै हुने हुनाले अहिलेसम्म १२ सय पोष्ट ग्राजुयट उत्पादन गरिसकेको र ७२ वटा शैक्षिक कार्यक्रम संचालन भइरहेको जानकारी दिए।

कार्यक्रममा  स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले नयाँ सेवा सुरु हुन लागेकोका बधाई दिँदै उच्च मनोवलका साथ काम गर्न आग्रह गरिन्।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले चार जना डिएम भएको ठाउँमा एउटा क्याथ ल्याब आवश्यक महसुस गरी यो सेवा विस्तार गरिएको बताए। उनले भने, 'विभागमा जनशक्ति कम छ भने भन्नुस् र त्यसैगरी कतै बढी छन् भने त्यो पनि भन्नुस्। ओपिडी र सर्जरीको लाइन घटाउने सरकारको मूल लक्ष्य भएकाले त्यस कार्यका लागि तल्काल कार्य योजना बनाएर अगाडि बढ्नुस्।' 

Laxmi sunrise bank
kumari

वीर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा भुपेन्द्र बस्नेतले अस्पतालको सेवाहरुबारे संक्षिप्त जानकारी दिँदै वीर अस्पतालकै विभागहरु विशिष्टिकृत अस्पतालका रुपमा कान्ति बाल अस्पताल, प्रसूति गृह, मानसिक अस्पताल बनेको बताए। दैनिक ३० जनाको एमआरआई गर्दा पनि अझै १५ दिन कुर्नुपर्ने अवस्था रहेको पनि बताए।

प्रकाशित: Jan 19, 2023| 12:04 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्