सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तका परिवारप्रति प्रधानमन्त्री प्रचण्डको सहानुभूति

विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तका परिवारप्रति प्रधानमन्त्री प्रचण्डको सहानुभूति

प्रधानमन्त्री प्रचण्डले शव पहिचानको स्थितिबारे जानकारी लिँदै त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका हुन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

National life

काठमाडौं– पोखरामा भएको यती एयर विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल पुगेर दुःख साटासाट गरेका छन्। 

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताए। 

शव पहिचानको काम छिटो सक्न सरकारका तर्फबाट चाहिने सहयोगका लागि उनले अस्पताल पदाधिकारीसँग आग्रह गरेका थिए। प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेट गरेका थिए।

प्रकाशित: Jan 19, 2023| 11:26 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।