सोमबार, वैशाख २१, २०८३

बेपत्ता एक जनाको शव ३ महिनापछि फेला

धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्कीको शव भेटिएको छ।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्कीको शव भेटिएको छ।

National life

गएको असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका कार्कीको शव फेला परेको हो।

हिमपात भएको बेला बेपत्ता कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए। उनको शव हेलिकप्टरमार्फत् पोखरा ल्याएर गाडीबाट काठमाडौं ल्याइएको छ।

शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका थिए।

प्रकाशित: Jan 19, 2023| 08:34 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।