मंगलबार, पुस १५, २०८२

जिउँदो शिशुलाई मृत घोषणा गरेपछि कुटिए डाक्टर

मोरङको जहदा-३ भातिगञ्जका दीलिप मुखियाकी १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए। तर शिशु जीवित भेटिइन्।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

विराटनगरस्थित कोसी अस्पतालमा डाक्टर कुटिएका छन्। नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट भएको हो।

National life

मोरङको जहदा-३ भातिगञ्जका दीलिप मुखियाकी १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए। तर शिशु जीवित भेटिइन्। उनको अहिले गोल्डेन अस्पतालको एनआइसीयू कक्षमा उपचार भइरहेको छ।

कोसीमा मृत घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आक्रोशित परिवार र आफन्त डाक्टर यादवमाथि खनिएका  हुन्। श्वासप्रश्वासमा समस्या भएपछि मुखिया परिवारले आज बिहान शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए। राम्रोसँग परीक्षण नै नगरी यादवले मृत घोषणा गरेको परिवारको आरोप छ।

दीलिपकी पत्नी उमाले पुस १७ मा छोरीलाई जन्म दिएकी थिइन्। जन्मिदा शिशुको तौल १ किलो ४ सय ग्राम थियो र अस्पतालमा केही दिनको बसाइपछि डिस्चार्ज गरिएको थियो। दीलिपले भने, 'इमर्जेन्सीमा राखेपछि डाक्टर यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए। त्यसपछि छोरीको सास छैन घर लैजानू भने।'

उनका अनुसार डाक्टरले मृत घोषणा गरेपछि बाहिर निकालिएकी शिशुले हातखुट्टा हल्लाएकी थिइन्। दीलिपले भने, 'बिरामीको उपचारमा लापरबाही गर्ने यस्तो चिकित्सकलाई कडा कारबाही हुनुपर्छ।'

Laxmi sunrise bank
kumari

घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 18, 2023| 18:19 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।