सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फ्रान्स पठाइदिन्छु भनेर तीन जनासँग १९ लाख ठग्ने पक्राउ

फ्रान्स पठाइदिन्छु भनेर तीन जनासँग १९ लाख ठग्ने पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुंगल बस्ने तनहुँको शुक्लागण्डकी नगरपलिका-८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

National life

काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुंगल बस्ने तनहुँको शुक्लागण्डकी नगरपलिका-८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

महतले वैदेशिक रोजगारीमा फ्रान्स पठाउन भनेर प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काम पाइने आश्वासन दिएका थिए। उनले तीन जनाबाट १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

महतलाई थप अनुसन्धान तथा कारबाहीका विभाग नै पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 18, 2023| 17:25 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।