सोमबार, वैशाख २१, २०८३

रहस्य नखुलेको पौराणिक घर अलपत्र

हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ। बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर किन र कसले बनायो भन्ने रहस्यकै रुपमा रहेको बताइन्छ।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

धनकुटा- धनकुटा नगरपालिका–२ स्थित सल्लेरी सामुदायिक वनभित्र रहेको एक पौराणिक घर संरक्षणको अभावमा बेवारिसे जस्तै भएको छ।

National life

हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ। बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर किन र कसले बनायो भन्ने रहस्यकै रुपमा रहेको बताइन्छ।

गौँथली चराले बनाएको माटोको गुँड झैँ देखिने ढुङ्गा र माटोबाट निर्मित यो घर पहरामा रहेको ओडारभित्रको करिब सात मिटर माथिको ओडारमा बनाइको छ। केही वर्ष अघिसम्म सकुशल रहेको उक्त घरको केही भाग अहिले भत्किएको छ। घरभित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन्।

सो क्षेत्रको सुन्तले गाउँमा घर भएका ७१ वर्षीय भूपालबहादुर बस्नेतले परापूर्वकालमा उक्त स्थानमा पाँच कन्या बस्ने गरेको कुरा आफूले सुन्दै आएको जानकारी दिए। ती कन्या कहाँबाट र कसरी आएकी थिइन् भन्ने नसुनेको भए पनि उनीहरुले नै जलुको र भीमसेनपातीको पातमा पानी बोकेर उक्त घर बनाएको भन्ने कुरा सुनिआएको उनले बताए। ‘पहिला घरमा पाँच मानव कङ्काल, माटोका भाँडा र भोटे जातका महिलाले लाउने जस्ता माला थिए’, बस्नेतले भने, ‘हामीले हेर्न भ्याएनौँ। पछि सङ्कटकालमा ती सबै चोरी भएछन्।’

उक्त क्षेत्रका गाउँलेका वस्तुभाउ बाघले खाएर अति दुःख दिएपछि सो स्थानमा पञ्चकन्या देवीको पूजा गरिँदै आएको उजले जानकारी दिए।

प्रकाशित: Jan 19, 2023| 01:05 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।