बुधबार, वैशाख २३, २०८३

कञ्चनगढी नजिकमा चमेरे गुफा

नेपालका १०० पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये महत्वपूर्णस्थलका रूपमा रहेको कञ्चनगढी क्षेत्र भन्दा करिब डेढ किलोमिटर उत्तरमा चमेरे गुफा फेला परेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

नवलपरसी- आन्तरिक तथा बाह्य दृष्टिकोणले पर्यटकीय सम्भावना बोकेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका–५ स्थित कञ्चनगढी नजिक चमेरे गुफा फेला परेको छ।

National life

नेपालका १०० पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये महत्वपूर्णस्थलका रूपमा रहेको कञ्चनगढी क्षेत्र भन्दा करिब डेढ किलोमिटर उत्तरमा चमेरे गुफा फेला परेको हो।

विभिन्न प्रकृतिका आकृति देखिने पहरासँगै पानीको छहरामा रहेको उक्त गुफा क्षेत्रलाई अब कञ्चनगढीकै अर्को महत्वपूर्णस्थलका रूपमा विकास गरिने बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए। स्थानीय वडावासी विष्णु पोखरेलले त्यो स्थानमा पानीको छहरा र पहरासँगै पहरामा गुफासमेत रहेकाले त्यसको विशेषता अझ बढी हुनसक्ने भएकाले त्यसको खोज अनुसन्धान हुन जरुरी रहेको बताए।

बर्दघाट नगरपालिकाले कञ्चनगढी क्षेत्रको विकासका लागि तयार गरेको १४ करोड रुपैयाको लागत इस्टमेट अनुसार पर्यटकीय पूर्वाधारका लागि पहिलो चरणमा ४ करोड ५६ लाख रुपैयामा भौतिक निर्माण कार्यलाई तीव्रता दिइरहेका बेला चमेरे गुफासमेत फेला परेपछि अब त्यस क्षेत्रलाई वृहत विकास क्षेत्र अन्तर्गत रहेर विकासको काम गर्ने नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताए।

उनले कञ्चनगढीदेखि चमेरे गुफाबीचको स्थानमा पर्ने कञ्चन छहरा र चमेरे गुफा भन्दामाथिको हात्ती दह समेटेर लघुजलविद्युत्सहित सिँचाइलाईसमेत जोडेर त्यसको विकास गर्न सकिने भएकाले सम्भाव्यता अध्ययन गरिने बताए। प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कञ्चनगढी क्षेत्र आसपासको १२/१५ बिघा क्षेत्रमा बहुवर्षे फलफूलका बिरुवा रोप्नेदेखि गौशाला निर्माणको काम समेटेर गुरुयोजना बनाउने गरी अघि बढ्न सकिने सम्भावना देखिएको बताए।

पुरातात्विक, धार्मिक तथा ऐतिहासिक एवं पर्यटकीयस्थलका रूपमा रहेको त्यस क्षेत्रको संरक्षण र प्रचार गरे पर्यटन प्रवद्र्धनसँगै समग्र नगर नै समृद्ध हुनसक्ने सम्भावना रहेको छ।

प्रकाशित: Jan 18, 2023| 23:00 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।