सोमबार, जेठ ४, २०८३

पौने ५ अर्बको विदेशी लगानी प्रस्ताव

२०७९ पुससम्म २० वटा विदेशी लगानी स्वीकृत भएकामा १९ वटा साना तथा मझौला र ठूला उद्योगमा एउटा मात्रै लगानी प्रस्ताव आएको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं– नेपालमा यो वर्ष ४ अर्ब ८५ करोड २० लाख बराबरको विदेशी लगानी प्रस्ताव आएको उद्योग विभागले बताएको छ। विभागका अनुसार २०७९ पुससम्म उक्त रकमको विदेशी लगानी प्रस्ताव आएको हो।

National life

यस अवधिमा २० वटा विदेशी लगानी स्वीकृत भएका छन्। यीमध्ये १९ वटा साना तथा मझौला उद्योग रहेका छन् भने ठूला उद्योगमा लगानी प्रस्ताव एउटा मात्र आएको छ।

विभागका उत्पादनमूलक उद्योगतर्फ ३ वटा लगानी प्रस्ताव आउँदा पर्यटनमा ५, सेवामूलक उद्योगमा ७ र सूचना प्रविधि उद्योगमा ३ वटा लगानी प्रस्ताव आएका छन्। 

पूर्वाधारतर्फ २ वटा लगानी प्रस्ताव आएको विभागले बताएको छ। यसअघि विभागमा मंसिरसम्म १६ वटा विदेशी लगानी प्रस्ताव आएका थिए। विभागका अनुसार पुसमा थप ४ वटा विदेशी लगानी प्रस्ताव आएको हो।

प्रकाशित: Jan 18, 2023| 14:04 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्