आइतबार, मंसिर १७, २०८०

वर्षौंदेखि डायरीमा कैद गजलले जब तिलकसिंह पेलाको स्वर पायो

स्टेज कार्यक्रममा कमै पुग्ने तिलक पेला यतिखेर आफ्नो आवाजको जादूले लाखौंको मन जितिरहेका छन्। उनी भन्छन्, ‘यो गजल कम्पोज गर्दा नै मेरो मन रोएको थियो। म डुबेको थिएँ यसमा।’
 |  बुधबार, माघ ४, २०७९
averest bankaverest bank

राज सरगम

राज सरगम

बुधबार, माघ ४, २०७९

के लत बस्यो मलाई कहिले सुधार हुन्छ

sagarmatha cement

एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

साथी रहेछ दुःख हरपल सवार हुन्छ

सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ

 पानी परेर धर्ती आकाश हुन्छ सुन्दर

धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ रु

 खोला नदी समुन्द्र जे नाम होस् न आखिर

अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ

यतिखेर चर्चामा रहेको गजल हो यो। नेपाली सांगीतिक यात्रामा गजल संगीतले झन्डै दशकको अन्तरालमा मात्र चर्चा पाउँछ। न बिर्से‌ं तिमीलाई, म बिना पोखरामा, कहाँ थियौ तिमी, ऊ जितेर गई गजल लामो समयको फरकमा चर्चामा आएका थिए। यही क्रममा गायक तिलकसिंह पेलाको संगीत र स्वरमा आएको के लत बस्यो गजल चर्चामा छ। 

डा. प्रदीपकुमार मैनालीले लेखेको गजललाई पेलाको स्वरको जादूले जिवन्त पारेको छ। उनको गायकीले पनि दर्शकलाई मुग्ध बनाएको छ। यो गीतलाई अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले नै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज भएको हो। बिहीबार युट्युबमार्फत सार्वजनिक भएको गीतले सामाजिक सञ्जाल तथा टिकटकमा समेत प्रशंसा बटुलिरहेको छ।

संगीत कर्ममै रहे पनि २३ वर्षदेखि दीपकले कुनै गीतगजलमा स्वर दिएका थिएनन्। २०६१ सालदेखि काठमाडौंको बनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी उनी शास्त्रीय संगीत साधनामा तल्लीन रहे। सुदूरपश्चिमबाट देउडा गाउँदै नेपाली मूलधारको संगीतमा आइपुगेका पेलाले २३ वर्षपछि गायनलाई निरन्तरता दिएका छन्। 

२३ वर्षअघि ‘आँशु’ गीतिसंग्रह बजारमा ल्याएका पेला यतिबेला आँशु एल्बमकै तेश्रो भागका रूपमा निर्जन किनार लिएर आएका छन्। जुन एल्बमभित्र के लत बस्यो भन्ने गजलले दर्शकको मन जितेको छ।

स्टेज कार्यक्रममा कमै पुग्ने पेला यतिखेर आफ्नो आवाजको जादूले लाखौंको मन जितिरहेका छन्। उनी भन्छन्, ‘यो गजल कम्पोज गर्दा नै मेरो मन रोएको थियो। म डुबेको थिएँ यसमा।’ लामो समयदेखि शास्त्रीय संगीतमा साधनारत पेलाले आँशु–३ मा २ नेपाली गजल, ४ आधुनिक गीत, एउटा हिन्दी भजन गरी ८ रचना समावेश गरिएको बताए। तीमध्ये ‘निर्जन किनार’ गीतको कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो।

२०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए। आँशु एल्बमले त्यति बेला निकै चर्चा पाएको थियो। लुकाउन खोज्दा पनि बोलको गीत गायक पेलाको निकै चर्चित गीत थियो।

श्रोताको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँशु भाग ३ लिएर सांगितिक बजारमा पुनः आएको पेलाले बताए। सांगीतिक हिसाबले सुदूरपश्चिमलाई देउडाका माध्यमले बढी चिनिने गरिन्छ। तर पेलाले देउडाका साथसाथै शास्त्रीय संगीतका माध्यमलाई मूल विधा बनाए। बैतडीमा जन्मिएका पेला सुदूरपश्चिम क्षेत्रबाट शास्त्रीय एवं आधुनिक गायनमा प्रवेश गर्ने सम्भवतः पहिलो व्यक्ति नै होलान्।

बाल्यकालमा रेडियो विविध भारतीबाट आउने रफि, किशोर र पन्नालालका गीत सुनेर हुर्किएका थिए उनी। भारतीय सीमा नजिक भएकोले पनि त्यस्ता गीत सुन्न पाएको बताउँछन् उनी। ‘त्यो बेला रेडियो नेपाल भन्दा पनि विविध भारती सुनिन्थ्यो। दाइ (कृष्णसिंह पेला) ले गीत लेखेर पनि दिनुहुन्थ्यो। म गाउने कोसिस गर्थें। त्यो कोसिस अहिलेसम्म जारी छ’, उनले बाल्यकालका दिन सम्झिए। भावुक मान्छे ठान्छन् उनी आफूलाई। भावना बुझ्न खोज्छन्। गीत गाउँदा पनि शब्दको भावमा डुबेर गाउँछन्। गीत रेकर्डको भिडियोमा पनि त्यो देख्न सकिन्छ।  

वर्षौंसम्म डायरीमा कैद गरेर राखेका थिए पेलाले यो गजल। उनकै शिष्यहरूले बाहिर ल्याउनुपर्छ भनेर कर गरेपछि हौसिए। ‘कहिलेसम्म अर्काको रचना डायरीमै कैद गर्ने भन्ने लाग्यो, अनि रेकर्ड गर्न हौसिएको हो,’ उनले भनेका छन्। रचनाकारका रचना त्यसै लामो समय डायरीमै कैद गरेर पनि राखिदिनु भएन भन्ने लागेर आफूले गीत रेकर्ड गरेको बताउँछन् पेला।

राग मालकौंसमा आधारित नेपाली गजल भएकोले पनि दर्शकले रूचाइदिएको अनुमान सुनाए उनले। पेला गीतसंगीतमै क्रियाशिल भए पनि गायनका हिसाबले हराइसकेका थिए। बजारले उनलाई बिर्सिन थालेको थियो। नयाँ पुस्ताले त झनै चिनेकै थिएनन्। तर उनले जब के लत बस्यो ल्याए, नयाँ पुस्तामाझ लोकप्रिय भए। उनी भन्छन्, ‘बजारमा चल्ला हिट होला भन्दा पनि तिलकसिंह पेला भन्ने मान्छे छ है भन्ने सोचले रेकर्ड गरेको थिएँ।’

रेकर्डिङदेखि भिडियो निर्माणसम्म ५० हजार रुपैयाँ खर्चमा बनेको यो गीतको स्वर पनि निकै सुमधुर सुनिन्छ। काठमाडौंको सानो भर्‍याङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका पेलाको स्वरले प्रशंसा कमाइरहेको छ। ‘लुकाउन खोज्दा पनि आँसु नझरेको होइन’, ‘कहानी बनेन केही यस्तै छ जिन्दगी’ बोलका गीतहरू चर्चित थिए उनका। त्यसपछि उनलाई चर्चामा ल्याएको गजल बन्यो के लत बस्यो।

यो गजल सुनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी लेख्छन्, ‘खाँटी सृजना, स्वर र साधक कहिल्यै ओझेल पर्दैनन्। बरु कर्कस चिच्याहटहरु कुनै कालखण्डमा हाबी भएको देखिन्छ। तर यो सत्य हो कि केबल आफू मात्र बाँच्ने कि संगीत सिर्जना पनि बचाउने त्यो अत्यन्त महत्वपूर्ण चिन्तन हो। हार्दिक बधाई धन्यवाद यो साधना शिल्पी र स्वरका लागि श्रद्वेय श्रष्टाज्यूहरुमा।’

गीतकार, कवि रेडियोकर्मी भुपेन्द्र खड्का लेख्छन्, ‘मैले सुनेको यो दशकका ३ मध्येको पहिलो गीत–गजल) स्वर/संगीत/रचना/संगीत संयोजनको अनुपम नमुना।’

यो गजलको संगीत संयोजन गरेका हुन् रिदम कँडेलले। सम्बन्धका हिसाबले गायक पेला र एरेन्जर कँडेल गुरुचेला हुन्, जसले यस गजललाई एरेन्ज गरे। नौ कक्षा पढ्दै गर्दा कँडेलले पेलाबाट संगीतको कखरा सिकेका थिए। यो गीतको रेकर्डिङ र एरेन्ज गर्दा उनले ३० हजार रुपैयाँ पनि लिएका छन्। गीतका एरेन्जर तथा रेकर्डिस्ट कँडेलले यो गीतको लोकप्रियता अनपेक्षित रहेको बताए। सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन्। 

प्रकाशित: Jan 18, 2023| 14:00 बुधबार, माघ ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।