सोमबार, जेठ ४, २०८३

तोलामा ६ सय बढ्यो सुनको मूल्य

हिजो प्रतितोला एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय तोकिएको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँ घटेको छ। हिजो प्रतितोला एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार छ सय थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार तीन सय ७५ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: Jan 18, 2023| 12:08 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्