सोमबार, वैशाख २१, २०८३

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन्।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन्। 

National life

प्रदेश सभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन्।

‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले हिजो मंगलबार साँझ ५ बजे पत्र दर्ता गराउनु भएको छ,’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घन्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ। त्यसका लागि भोलि साँझ ५ बजे ४८ घन्टा पुग्छ। सरकारले चाहेको खण्डमा हामी भोलि साँझ पनि विश्वासको मत प्रयोजनका लागि सदन सुचारु गर्न सक्छौं। उहाँहरुले जहिले भन्नु हुन्छ हामी सदन सञ्चालन गर्न तयार छौं।’

प्रदेश सरकारका मुख्यमन्त्री शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरुबीच छलफल गर्ने बताए। ‘भोलि नै विश्वासको मत लिने वा पर्सि लिने यो विषयमा छलफल गर्छौं,’ मुख्यमन्त्री शर्माले भने।

प्रकाशित: Jan 18, 2023| 10:56 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।