सोमबार, वैशाख २१, २०८३

हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र–५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life

सुनसरी- हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र–५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार रामझोडास्थित जनजागृति सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला हात्तीले टाउको किचेर मारेपछि सेउलाले छोपेको अवस्थामा माझीको शव फेला परेको थियो।

उक्त वनमा ५ हात्ती घुमफिर गरिरहेको स्थानीयले बताएका छन्। बराहक्षेत्रमा एक महिनादेखि हात्तीको आवागमन बढेको छ। एक महिनाअघि मात्र उक्त क्षेत्रमा एक मृत हात्ती फेला परेको थियो।

प्रकाशित: Jan 18, 2023| 09:16 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।