NadaNada
सोमबार, भदौ २, २०८२

पोखरामा विमान दुर्घटनामा एक जना अझै बेपत्ता

कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँको सेती नदी खोँचमा आइतबार भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै बेपत्ता रहेका छन्।
 |  बुधबार, माघ ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

vianetvianet

कास्की– कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँको सेती नदी खोँचमा आइतबार भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै बेपत्ता रहेका छन्। बेपत्ता एक जनाको खोजी कार्य निरन्तर रहेको नेपाली सेनाले जनाएको छ।

माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हिजो बेलुकासम्म ७१ जनाको शव फेला परेको थियो। हिजो थप एक जनाको शव भेटिएको थियो। एक महिलाको शव भेटिएको हो। 

शव  पोस्टमार्टमका लागि पोखराको पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालमा  राखिएको छ। दुर्घटनाको   पहिलो  दिन ६३ र दोस्रो दिन सोमबार सात जना र मङ्गलबार एक जनाको  गरी ७१ जनाको शव फेला परेको थियो। अब एक जनाको मात्र अवस्था  थाहा हुन सकेको छैन।

४८ जनाको शव हिजो काठमाण्डौ ल्याइएको छ। ६८ जना यात्रु र ४ जना चालकदलका सदस्यसहित ७२ जना सवार यती एअरलाइन्सको नाइन एन–एएनसी–एटिआर विमान आइतबार पोखरामा दुर्घटना भएको थियो। काठमाडौं ल्याइएका शवको परीक्षण आज बिहानदेखि सुरु गरिदैछ।

शवलाई शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ। हिजो मृतकका परिवार र आफन्तजनलाई काउन्सिलिङ गर्ने काम भएको थियो। ज्यान गुमाएकामध्ये केहीको शव पहिचानमा कठिनाइ भएकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपछि एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गर्ने तयारी छ।

Metro Mart

२२ जनाको शव भने पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

प्रकाशित: Jan 18, 2023| 08:22 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।