बुधबार, कात्तिक ५, २०८२

सुदूरपश्चिम प्रदेशको सभामुखमा भण्डारी निर्वाचित

बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन्। मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा आज भएको मतदानमा भण्डारीले २९ मत पाए।

Kumaribank

बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन्। 

मंगलबार बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ मत परेको थियो। भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक सांसदले मत दिएका थिए। प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत मात्रै पाएका थिए।

रावललाई कांग्रेसका १९ र एकीकृत समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले मत दिएका थिए। प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित: Jan 17, 2023| 18:31 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।